गौशालाबाट चोरीको मोटरसाईकल सहित एकजना पक्राउ

गौशाला । महोत्तरीको गौशालाबाट चोरीको मोटरसाईकलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा नं. ८ कुशमारीका २३ वर्षिय लक्ष्मण साह रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले बताए ।

गत चैत्र ९ गते राती बर्दिवास नगरपालिका वडा नं. ३ गौरीडाडा स्थित डेरा कोठा गरी बस्दै आएका इन्जिनियर मनोज कुमार महतोको ज१०प ७९१४ नम्बरको मोटरसाईकल चोरहरुको समूहले चोरी गरेका थिए ।

हयान्डलको लक भाँची चोरी गरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरी बा.९४ प ९७८८ नक्कली प्लेट नम्वर हाली प्रयोग गरेको अवस्थामा विशेष सुराकीको आधारमा मंगलवार प्रहरीले मोटरसाईकल सहित आरोपी साहलाई घरबाटै पक्राउ गरेको हो ।

महतोको चोरिएका मोटरसाईकलको ओरिजनल नम्बर परिवर्तन गर्दा पनि प्रहरीले इन्जिन र चेचिस नम्बरका आधारमा साहलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका साहलाई कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिवासलाई बुधवार बुझाइएको छ ।

आरोपी साहमाथि महोत्तरी जिल्ला अदालत महोत्तरीबाट ८ दिनको म्याद लिई अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवाका इन्स्पेक्टर बालिष्टर सिंहले जनाए । दुई महिना अघि बर्दिवास क्षेत्रबाट चोरका गिरोहले श्रृखलावद्धरुपमा एक दर्जन भन्दाबढी मोटरसाईकलहरु चोरेका थिए ।

पक्राउ परेका साह माथि प्रहरीले अन्य अपराधिक क्रियाकलाप सहितलाई लिएर चौतर्फी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार