गौशाला । महोत्तरीका युवाहरुले स्थानीय स्तरबाट चन्दा संकलन गरेर एउटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाएका छन् । ग्रामिण भेगमा पर्ने बर्दिबास नगरपालिका वडा नम्बर– ९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लालाई उनीहरुले नमूना बनाएका हन् ।
जनसहयोगी युवा सञ्जाल बर्दिबासमा आवद्ध युवाहरुले ५३ लाख खर्चे विद्यालयमा बगैंचा, खेलमैदान, मञ्च, बालउद्यान निर्माण गरेका हुन् । गत बर्ष असारदेखि नै युवाहरु विद्यालय सुधारमा काम गरिरहेको जनसहयोगी युवा सञ्जालका अध्यक्ष परमेश्वर महतोले बताए । उनका अनुसार विद्यालयको ९० प्रतिशत निर्माणको काम सकिएको छ । सात लाख ऋणमा डुवाका युवाहरु अझै चन्दा उठाएर विद्यालयको शैक्षिक सुधारमा काम गरिरहेका छन् । इन्जिनियर मनोज कुमार महतोले निर्माण गरेको योजना अनुसार विद्यालयमा सौन्दर्यको काम भइरहेको छ ।
युवाहरु आफै दिनरात खटेर विद्यालय निर्माणमा जुटेका हुन् । २०३० सालमा स्थापित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला नमूना बन्दैं गएपछि स्थानीयहरु खुशी भएका छन् ।
स्थानीय युवा संचारकर्मी अमृत कुमार महतोको पहलमा विद्यालय नमुना बन्दैं गएको हो । विद्यालयमा एक बर्षको अवधिमा सरकारी तथा स्थानीय स्तरबाट आर्थिक सहयोग संकलन गरेर साँवा करोंडको भौतिक पूर्वधार विद्यालयमा निर्माण भएको हो । मनकारी मनको सहयोग, जनता समाजवादी पार्टीका नेता लक्ष्मी महतो, सेभ द चिल्डे«न, बर्दिबास नगरपालिको आर्थिक सहयोग, पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको संसदीय विकास कोषको रकमले विद्यालयमा भौतिक पूर्वधार निर्माण भएको छ ।
विद्यालयले मुहार फरेपछि गाउँलेहरु उत्पाहित भएका छन् भने विद्यार्थीहरु हर्षित भएका छन् । विद्यालयलाई डिजिटल विद्यालय निर्माणको कामलाई अघि बढाइएको छ । विद्यालयमा शिक्षकको पदपूर्ती भएको छ । कक्षाकोठाको अभाव पुरा हुदैं गएको छ।