प्रदेश २ मा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

रौतहट । प्रदेश २ को रौतहटमा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ । गरुडा स्थित रेडियो मधेस मसलाका स्टेसन म्यानेजर ४० वर्षीय मनोज कुमार चौधरीको मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि दुईसातादेखि उनको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको थियो ।

गरुडा नगरपालिका घर भएका पत्रकार चौधरीको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

पत्रकार चौधरीको निधनको खबरले नेपाल पत्रकार महासंघ रौतहट र दुःखी भएको महासंघले जनाएको छ ।No photo description available.

प्रतिक्रिया

सम्बन्धित समाचार