Wednesday 24th of July 2024

धनुषामा जेठ १० गतेसम्मका लागि निषेधाज्ञा थप

0 Shares

जनकपुर । धनुषामा  कोरोना संक्रमण बढ्दै गएकोलाई मध्यनजर गर्दै पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ ।

वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गारएका छन् ।

निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया