Thursday 6th of February 2025

कोरोना जित्नुभयो ? अब दैनिक गर्नुस् यी पाँच काम

0 Shares

काठमाडौं ।  विश्वभर कोरोनाभाइरस महामारीका कारण स्वास्थ्य समस्या भएका मानिसहरुको संख्या बढ्दो छ । कोरोनाभाइरस महामारी फैलिएसँगै विश्वभर मानिसहरुले स्वास्थ्यमा विशेष ध्यान दिन थालेका पनि छन् ।

विश्वभर विज्ञहरुले गरेका अनुसन्धानअनुसार एक पटक कोरोनाभाइरस संक्रमण भए पनि मानिसहरुलाई फेरि अर्को पटक कोरोनाभाइरस संक्रमण हुन थाल्छ ।

त्यसैले एक पटक कोरोना जितिसकेका मानिसहरुले पनि विशेष सतर्कता अपनाउनु पर्छ ।

हामीले यहाँ पाँच विशेष कामको चर्चा गरेका छौँ, जसलाई कोरोना जितेका व्यक्तिले फलो गर्नुपर्छ ।

खानामा पोषक तत्व

कोरोनाभाइरस जितेका मानिसले आफ्नो खानामा विशेष ध्यान दिनुपर्छ । आफ्नो खानामा विशेषतः पोषक तत्वबारे ध्यान दिनुपर्छ । यसका लागि खानामा दाल, हरियो सागपात, अन्डा तथा माछामासु सामेल गर्नु पर्ने विशेषज्ञहरुले बताएका छन् ।

त्यस्तै, दैनिक तातो पानी ९ गिलाससम्म पिउनु पर्ने बताइएको छ ।

लामो समयसम्म भोकै बस्न नहुने पनि चिकित्सकहरुले बताएका छन् ।

शारीरिक अभ्यास
कोरोनाभाइरसबा ठिक भएका व्यक्तिले आफ्नो दिनचर्यालाई विशेष ध्यान दिनुपर्छ । अनि विहान ३० मिनेट हिँड्नु राम्रो हुने चिकित्सकहरुले बताएका छन् ।
योगलाई पनि महत्व दिनु पर्ने विज्ञहरुले बताएका छन् । ​

मस्तिष्कसँग जोडिएको अभ्यास
कोरोनाबाट ठिक भएका मानिसको मस्तिष्कमा समस्या देखिने यसअघिका अध्ययनहरुले देखाएका छन् । त्यसैले विज्ञहरुले मस्तिष्कसँग सम्बन्धित अभ्यास गर्नु ठिक हुने बताएका छन् । यसका लागि चेस खेल्ने, लुडो खेल्ने वा मानसिक अभ्यास हुने काम गर्न सल्लाह दिइएको छ ।

अक्सिजन लेभल थाहा पाउने
कोरोनाबाट ठिक भएका व्यक्तिहरुको फोक्सोमा समस्या भएको हुनसक्छ । त्यसैले पूर्ण रुपमा कोरोना ठिक भएका व्यक्तिहरुले आफ्नो अक्सिजन लेभल जाँच्नु पर्ने सल्लाह र सुझाव दिइएको छ । अनि अक्सिजन लेभल ९० भन्दा कम भएमा चिकित्सकसँग सल्लाह गर्न पनि विज्ञहरुले सुझाएका छन् ।

प्रतिक्रिया