0
Shares
गौशाला । प्रदेश २ मा बिहिबार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थय निर्देशनालयले जनाए अनुसार सबभन्दा बढी धनुषाका १९९ र महोत्तरीका ८५ जना संक्रमित भएका छन् ।
यस्तै पर्साका ७३, सिरहाका ४५ जना, सप्तरीका ७३ जना, रौतहटका ७ जना, सर्लाहीका १० जना, बाराका १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।
संक्रमित भेटिने मध्ये ३३३ जना पुरुष र १७३ जना महिला छन् ।