जनकपुरधामस्थित संकटमोचन मन्दिरका पूजारीको निधन

जनकपुरधाम । जनकपुरधामस्थित संकटमोचन मन्दिरका पूजारीको निधन भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– ९ स्थित संकटमोचन मन्दिरका पूजारी ५२ वर्षीय महेश दास बैष्णवको बिहीबार साँझ उच्च रक्तचापका कारण मस्तिष्कमा सिभिडी भएपछि निधन भएको हो ।

बल्डप्रेसर अचानक बढेपछि पूजारी दासलाई बिहीबार दिउँसो ३ बजे मन्दिरको छेउमै रहेको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा साँझ निधन भएको अस्पतालले जनाएको छ । उनी विगत लामो समयदेखि संकटमोचन मन्दिरको पूजारी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार