Wednesday 29th of May 2024

महोत्तरीमा बिहिबार थप ८५ जनामा कोरोना पुष्टि

0 Shares

गौशाला । महोत्तरीमा बिहिबार थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थय निर्देशनालयले जनाए अनुसार सबभन्दा बढी मनरा सिसवा नगरपालिकाका १२ जना र पिपरा गाउँपालिकाका ९ जना संक्रमित भएका छन् ।

यस्तै बर्दिबास नगरपालिकाका ४ जना, गौशाला नगरपालिकाका ८ जना, औरही नगरपालिकाका ७ जना, बलवा नगरपालिका ७ जना, जलेश्वर नगरपालिकाका ५ जना, लोहरपट्टी नगरपालिकाका ४ जना, भंगहा नगरपालिकाका ६ जना, एकडारा गाँउपालिकाका ६ जना, महोत्तरी गाउँपालिकाका ५ जना, मटिहानी नगरपालिकाका १ जना,सम्सी गाँउपालिकाका ३ जना, सोनमा गाउँपालिकाका २ जना, सग्रामपुरका १ जना, डाम्ही मरईका १ जना, ठाँउ नखुलेको १ जना, रामगोपालपुर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

संक्रमित भेटिने मध्ये ५७ जना पुरुष र २८ जना महिला छन् ।

प्रतिक्रिया