
सर्लाही । सर्लाहीको जिल्ला अस्पताल मलंगवामा पिसिआर परीक्षणको दायरा बढे सँगै संक्रमितको संख्या पनि तिब्र रुपमा बढ्दै गएको छ ।
बिहीबार साँझ जिल्ला अस्पताल मलंगवाको पिसिआर प्रयोगशालामा १८८ जनाको थ्रोट स्वाबको जाँच गर्दा १३३ जनामा कोरोना संक्रमण पाइएको अस्पतालका कोभिड फोकल पर्सन एवं जनस्वस्थ्य निरीक्षक श्रीप्रसाद साहले जानकारी दिएको छ ।
बुधबार हरिवन र बागमती नगरपालिकाबाट संकलन गरेर ल्याइएको र अस्पतालमै पुगेर स्वाब (नमुना) दिएका व्यक्तिहरुको पीसीआर परीक्षण गरिएको साहले बताएको छ।
संक्रमितहरुको संख्यामा लगातार वृद्धि भइरहेको अवस्थालाई देख्दा करोना समुदाय स्तरमा फैलिसकेको भन्दै मलंगवा अस्पतालका चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् ।
प्रतिक्रिया