Wednesday 15th of January 2025

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

0 Shares

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ५ सय २० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ७ हजार ३ सय ३६ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा २, उदयपुरमा ११, ओखलढुंगामा ७, खोटाङमा ४, झापामा ८७, ताप्लेजुङमा ८१, तेह्रथुममा ८, धनकुटामा ४३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा ४३४, संखुवासभामा ४, सुनसरीमा १९७ र सोलुखुम्बुमा २१ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १४१, पर्सा १३८, बारामा ४५, महोत्तरीमा ३४, रौतहटमा ६५, सप्तरीमा ३१, सर्लाहीमा १६ र सिरहामा २९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ४ सय ५८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १६८, चितवनमा २८७, दोलखामा २१, धादिङमा ७३, नुवाकोटमा ६७, भक्तपुरमा ३३५, मकवानपुरमा १५६, रसुवामा ५, रामेछापमा ४२, ललितपुरमा ५५६, सिन्धुपाल्चोकमा ६२ र सिन्धुलीमा ७७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८४, गोरखामा ९०, तनहुँमा १२, नवलपरासी पूर्वमा ७४, पर्वतमा ५३, म्याग्दीमा ४६, लमजुङमा ३०, बागलुङमा १० र स्याङजामा ३१ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ४७, गुल्मीमा ११७, दाङमा १४४, नवलपरासीमा ५, पाल्पामा १०८, प्युठानमा ३, बर्दियामा १९, बाँकेमा ८७, रुकुम पूर्वमा १, रुपन्देहीमा ५२२ र रोल्पामा ५७ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १५, जाजरकोटमा ६१, जुम्लामा १४, दैलेखमा ८, रुकुम पश्चिमा २७, सल्यानमा ५९ र सुर्खेतमा २८८ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ७७, कञ्चनपुरमा २२३, कैलालीमा ९७, डडेल्धुरामा ४२, डोटीमा १३, दार्चुलामा ३, बाजुरामा १ र बैतडीमा ६४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया