ढल्केवरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

ढल्केवर । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृतक पहिचान भने खल्न सकेको छैन ।

बिहिबार राति अन्दाजी साढे ८ बजे ढल्केवरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४६ प ८२१७ नम्बरको मोटरसाइकलले पहिचान खुल्न नसकेको व्यक्तिको ठक्करबाट मृत्यु भएको हो । पहिचान खुल्न नसकेको व्यक्तिले एक्कासी बाटो काटेपछि ठक्कर लाग्न पुगेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले हालसम्म नामथर, वतन नखुलेका अन्दाजी ३१ बर्षिय युवाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको बताए । उनले ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री युवालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा सो अस्पतालनमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगरस्थित न्यरो अस्पताल लैजाने क्रममा बिहान ४ बजेतिर बाटोमै मृत्यु भएको जनाए ।

मृतक युवकको लास सोही अस्पतालमा राखिएको बुझिएको छ ।

यता ठक्कर दिने मोटरसाइकल प्रहरी नियण्नत्रमा लिएको छ भने त्यसका चालक झापा हल्दीबारी गाउँपालिका १ रामचौक बस्ने बर्ष २१ को नवराज ओली र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ बर्षिय मिलन कटुवाल सामान्य घाइते भएको छ । उनीहरुको ढल्केवरस्थित एक नीजि स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार