वर्दिवासको कोरोना संक्रमितका घर घर निःशुल्क औषधी बितरण

महोत्तरी : वर्दिवास नगरपालिकाको वडा नं ५ चेरुमा कोरोना संक्रमितको घर घर पुगेर स्वास्थ्य स्थिती बारे जानकारी तथा परामर्श सहित आवश्यक औषधी नि:शुल्क बितरण गरिएको छ ।

वर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीको पहलमा बर्दिबास नगर पालिकाका स्वास्थ्य शाखा सह संयोजक रामबाबु यादव ,शुभ स्वस्तिक हस्पिटल बर्दिबास तथा बर्दिबास हेल्थ फाउन्डेसनका अध्यक्ष दिपककुमार कार्की र उपाध्यक्ष बिजयकुमार महतो सहितको टोलीले कोरोना प्रभावितहरुको घर घर पुगेर स्वास्थ्य स्थिति बारे बुझ्नुको साथै परामर्श सहित आवश्यक औषधी नि:शुल्क बितरण गरिएको हो ।


वर्दिवास नगरपालिकाको वडा नं ५ चेरुको बस्तीमा एकै पटक ४० जनामा कोरोना संक्रमण देखिए पछि सारा वस्ती सहित नगपालिका नै चिन्तित बनेका छन् ।

  

प्रतिक्रिया

सम्बन्धित समाचार