महोत्तरीमा आज मात्र तीन कोरोना संक्रमितको मृत्य’

गौशाला । महोत्तरीको आज बिहान कोरोनाबाट तीनजनाको मृत्यु भएको छ । यससँगै महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले जानकारी दिए ।

सिंहका अनुसार आज गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७ का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। तीनैजनामा क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ देखिएको थियो । उनीहरु विभिन्न आइसोलेशनकक्ष थिए ।

आइतबार बिहानसम्म महोत्तरीमा कोरोना सक्रिय संक्रमितको संख्या एक हजार १३४ पुगेको छ । जसमध्ये १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् । त्यसैगरी ६ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताए।

प्रतिक्रिया