सप्तरीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

सप्तरी । सप्तरीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको हो ।

कञ्चनरुप नगरपालिकाका २ तथा राजविराज नगरपालिका र सप्तकोसी नगरपालिकाक १–१ गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जाकारी दिए । कञ्चनरुप नगरपालिकाका १ एकजनाको नोबेल अस्पतालमा र १ जनाको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।

सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थय कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार