करेन्ट लाग्दा भारतीय मजदुरको मृत्यु, एकजना घाईते ।।

गौशाला / महोत्तरीको गौशालामा करेन्ट लाग्दा एक जना भारतीय मजदुरको ज्यान गएको छ । आईतबार गौशाला नगरपालिका ३ स्थित नवराजपुरमा संचालित लवकुश ईटा भट्ठामा कार्यरत भारत उत्तरप्रदेश जिल्ला लक्ष्मिपुर ग्रामपंचायतका ३५ बर्षिय सिताराम पासीलाई अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

सोही ईटा भट्ठामा काम गर्ने क्रममा करेन्ट लागेपछि घाईते अवस्थामा रहेको पासीको उपचारको लागि गोल्डेन अस्पताल जनकपुर लगिएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै आजै दिउँसो करेन्ट लाग्दा एक जना सहचालक घाईते भएका हुन । जलेश्वरबाट फुलहट्टा जाने क्रममा ना ६ ख ७७११ नम्बरको ट्रकको माथि सवार रहेको क्रममा वर्दिवास नगरपालिका १२ का १८ बर्षिय सहचालक रुपक राय घाईते भएका हुन । ट्रकमाथि बसेको समयमा विजुलीको तार छुन पुगेपछि निज घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार