गौशाला । धनुषामा यात्रु ओसार्ने एम्बुलेन्सलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार जनकपुरधामस्थित पुलचोकबाट यात्रु ओसार्ने बटेश्वर गाउँपालिकाको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो।
ज १ च १६२५ नम्बरको बटेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसहित नियन्त्रणमा लिइएको धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।
यात्रुसँग १६ हजार ५०० रुपैयाँ लिएर जनकपुरको पुलचोकबाट झापाको विर्तामोड जाँदै गर्दा सूचनाको आधारमा धनुषाको ढल्केबरबाट पक्राउ गरिएको न्यौपानेले बताए।
चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ भने यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।