काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ३ सय ६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १० हजार २ सय ६३ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा १२, उदयपुरमा ९, ओखलढुंगामा ३३, खोटाङमा ३, झापामा २००, ताप्लेजुङमा २६, तेह्रथुममा २, धनकुटामा ४, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३५२, संखुवासभामा ३, सुनसरीमा ९१ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १४२, पर्सा ५७, बारामा २४, महोत्तरीमा १११, रौतहटमा ४२, सप्तरीमा १५३, सर्लाहीमा १४ र सिरहामा ५३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २५५, चितवनमा २५१, दोलखामा ७, धादिङमा ५१, नुवाकोटमा ५५, भक्तपुरमा २९२, मकवानपुरमा १७, रसुवामा ५३, रामेछापमा ११, ललितपुरमा ४३६, सिन्धुपाल्चोकमा ८५ र सिन्धुलीमा ६३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १७०, गोरखामा २३, तनहुँमा २२, नवलपरासी पूर्वमा ५३, पर्वतमा ६, मुस्ताङमा १, म्याग्दीमा २, लमजुङमा ५, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४०, कपिलवस्तुमा २१, गुल्मीमा ५४, दाङमा ३१९, नवलपरासीमा ५५, पाल्पामा ७७, प्युठानमा १, बर्दियामा ४३, बाँकेमा १६०, रुकुम पूर्वमा २, रुपन्देहीमा ४०३ र रोल्पामा ७ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा ३८, जुम्लामा ६, डोल्पामा ४, दैलेखमा २१, मुगुमा ३, रुकुम पश्चिमा २४, सल्यानमा ९३, सुर्खेतमा २१५ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३३, कैलालीमा ५२७, डडेल्धुरामा १, डोटीमा २, दार्चुलामा १६, बाजुरामा ३ र बैतडीमा ५२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।