सर्लाहीको फुलजोरबाट नलकटुवा पेस्तोलसहित एक पक्राउ

गौशाला । सर्लाहीको ईश्वरपुरबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका वडा – ५ स्थित फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान बस्ने अन्दाजी वर्ष ३३ का राजकरण महतोलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय केशरगञ्ज (वयवास)का प्रहरी निरीषक जनकराज ढुङ्गानाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एक थान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र विआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए ।

प्रतिक्रिया