Thursday 30th of May 2024

जसपाका नेता तथा समाजसेवी महतोद्वारा सरस्वती मन्दिर निर्माण

0 Shares

बर्दिबास : महोत्तरीको बर्दिबास–४ स्थित श्री माध्यमिक विद्यालय कामीडाँडामा समाजसेवी लक्ष्मी महतोले सरस्वती मन्दिरको निर्माण गरेर उद्घाटन गरेका छन् ।स्थानीय जनक बहादुर महतले आफ्ना स्वर्गीय वुवा खड्क बहादुर महतको स्मृतिमा त्यस मन्दिरमा सरस्वतीको मुर्ती प्रतिस्थापन गरेका छन् ।

मन्दिर उद्घाटन समारोहमा बोल्दैं जनता समाजवादी पार्टीका नेता समेत रहेका समाजसेवी लक्ष्मी महतोले विद्यालयमा खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकारसंग पहल गरेर बोडिङ्ग गाड्ने बताए । उनले विद्यालयलाई हाराभरा बनाउन निर्माण गरिने बगैंचामा लाग्ने सम्पूर्ण ईटा सहयोग गर्ने प्रतिबद्धता गरे ।

विद्यालयको समस्यालाई आफ्नो घरको समस्या  ठानेर अभिभावकहरुले समाधान गर्न अग्रसर हुनु पर्नेमा जनता समाजबादी पार्टीका गौशाला नगर कमिटीका अध्यक्ष कुमरकान्त झाले जनाए ।

युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोले विद्यालयको विकासले मात्रै समाज रुपान्तरण हुने औंल्याए । स्कूललाई नमूना बनाउन सबै तहबाट सहयोगको साँचो रहेको बताए ।

जनसहयोगी युवा सञ्जाल बर्दिबासका अध्यक्ष परमेश्वर महतोले सबैको सहयोग रहे विद्यालयले विकासमा  गति लिने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थान समितिका अध्यक्ष सोमबहादुर कार्कीले विद्यालय विकासका लागि योजना बनाएर अघि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया