Sunday 9th of February 2025

अक्सिजन मन्त्रीको ‘दाउरे अक्सिजन’

0 Shares

जनता अस्पतालको खोजीमा छन्। शय्याको सकस छ। अक्सिजनको अभाव। भेन्टिलेटर भेटिन्न। मिल्दैन आइसीयू। अनि वन मन्त्री भन्छन् – चिन्ता नलिनु, चिताका लागि अभाव हुनेछैन काठ।

प्रधानमन्त्री अस्पतालमा बेड अभाव देख्दैनन्। सासको सकस कस्तो हुन्छ भोगिरहेका छन् जनता। अभावको श्रृङ्खला यति लामो भइसक्यो कि सरकारतिर लोलाएका आँखा र चनाखो भइरहेको कानले सुन्नुपर्छ – जलाउन दाउरा अभाव हुन्न। ट्रकका ट्रक तराईबाट आउँदैछ। यो युगको ‘सकसपूर्ण समृद्धि’मा हाम्रो यात्रा जारी छ।

प्रतिक्रिया