Saturday 20th of July 2024

गौतम होटलका कर्मचारीद्वारा पत्रकारको विपद् व्यवस्थापन कोषमा ५१ हजार सहयोग

0 Shares

बर्दिबास  । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा गौतम होटल बर्दिबासका कर्मचारीहरुले ५१ हजार भन्दा बढी रकम सहयोग गरेका छन् ।कोरोना महामारी नियन्त्रणका लागि अग्रमोर्चामा काम गरिरहेका पत्रकारहरुको उपचार तथा पारिवारीक सुरक्षाका लागि ५१ हजार ७ सय ३५ रुपैंया सहयोग गरिएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले जनाए ।

संचारकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि छाँक कटाएर आफुहरुले कर्मचारी कोषमा जम्मा गरेको रकम समाजिक हितका लागि सहयोग गरेका गौतम होटल बर्दिबासका व्यवस्थापक राजकुमार दाहालले बताए । 
कोरोना महामारीको जोखिममा पत्रकारहरु पर्दै गएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले जनाए । कोरोना महामारी नियन्त्रणका लागि खटिरहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षा तथा उपचारका लागि पत्रकार महासंघको बिपद् व्यवस्थान कोषमा आर्थिक सहयोग गरिदिन अध्यक्ष मण्डलले सबैमा आह्वान गरेका छन् । यस अघि बर्दिबास हेल्प फाउण्डेसनले कोषमा ५० हजार सहयोग प्रदान गरेको थियो ।

प्रतिक्रिया