सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार २ सय ४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा ५९, उदयपुरमा ७, ओखलढुंगामा १२, खोटाङमा १७, झापामा १७४, ताप्लेजुङमा ९, तेह्रथुममा १९, धनकुटामा ६३, पाँचथरमा २१, भोजपुरमा २, मोरङमा ४६९, संखुवासभामा ६४, सुनसरीमा ३०० र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा २३२, पर्सा ९८, बारामा २७, महोत्तरीमा १३०, रौतहटमा ७६, सप्तरीमा १२१, सर्लाहीमा २१ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ३ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ९१, चितवनमा ६७, दोलखामा ४, धादिङमा १५, नुवाकोटमा ७५, भक्तपुरमा २९८, मकवानपुरमा १२४, रामेछापमा ५४, ललितपुरमा ४५४, सिन्धुपाल्चोकमा ५८ र सिन्धुलीमा ३६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४३४, गोरखामा ६५, तनहुँमा २८, नवलपरासी पूर्वमा ८, पर्वतमा ६०, मुस्ताङमा १, म्याग्दीमा ५७, लमजुङमा ४८, बागलुङमा ७ र स्याङजामा ८५ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १६, कपिलवस्तुमा २०, गुल्मीमा ४४, दाङमा १३७, नवलपरासीमा २८, पाल्पामा ९४, प्युठानमा ३, बर्दियामा ३१३, बाँकेमा ३७८, रुपन्देहीमा ४१३ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १३, जाजरकोटमा ४६, जुम्लामा ७, दैलेखमा ३५, मुगुमा १, रुकुम पश्चिमा १६, सल्यानमा २३ र सुर्खेतमा १९६ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १२, कञ्चनपुरमा २१८, कैलालीमा ७४२, डडेल्धुरामा ३५, डोटीमा २९, दार्चुलामा १२, बझाङमा १, बाजुरामा २ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार