
गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा सोमबार थप ६ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थय निर्देशनालयले जनाए अनुसार गौशाला नगरपालिका वडा नं.– १ मा ३२ वर्षीय पुरुष, वडा नं. – ५ मा २५ वर्षीय पुरुष, वडा नं. – ७ मा २९ वर्षीय पुरुष, वडा नं. – ८ मा ५७ वर्षीय महिला, वडा नं. – ९ मा ५५ वर्षीय पुरुष, वडा नं. – १० मा ४५ वर्षीय पुरुष संक्रमित भएका छन् ।
संक्रमित भेटिने मध्ये ५ जना पुरुष र १ जना महिला छन् ।
प्रतिक्रिया