
गौशाला/ महोत्तरीको गौशालाबाट संचालित रेडियो रुपान्तरण पाँचौ बर्षमा प्रवेश गरेको छ । आज रेडियो सफलतापुर्वक चौथौ बर्ष पुरा गरि पाँचौ बर्षमा प्रवेश गरेका हुन ।
परिवर्तनका लागि एक कदम अगाडि मुल नाराका साथ गौशालामा स्थापना भएको रेडियो रुपान्तरण आफ्नो ४ औ वर्ष सफलता पुर्वक पार गरी ५ औ वर्षमा प्रवेश गरेका हुन । बि.सं. २०७४ साल जेष्ठ ४ गते बाट सन्चालनमा आएको रेडियोले समुदायस्तरमा गई सत्य, त्क्ष्य एवम निष्पक्ष सन्देश सम्प्रेषण गर्दै आएका छन ।
रुपान्तरण मिडिया प्रा लि गौशालाद्वारा संचालित यस रेडियोले सूचना तथा संचारको जगतमा अहम भुमिका निर्वाह गर्दै आएका छन । अगामी दिनमा रेडियोले जनम्खि भई कार्यसम्पादन गर्ने संस्थाका अध्यक्ष नागेन्द्र साहले बताउनुभयो। गत बर्ष झै यसवर्ष पनि कोरोना महामारीको कारण औपचारिक कार्यक्रम नगरिकन रेडियोले वार्षिकोत्सव मनाउने भएको संस्थाका अध्यक्ष साहले जानकारी दिनुभयो ।
रेडियो रुपान्तरणले अहिले दैनिक १८ घण्टा समाचार ,सुचनामुल,मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरि रहेको छ ।
प्रतिक्रिया