Tuesday 11th of February 2025

प्रदेश २ मा कोरोनाका कारण एक उपमेयरको मृत्यु

0 Shares

सप्तरी । प्रदेश २ को सप्तरी जिल्ला स्थित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

विराटनगर स्थित विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा आज विहान ४ वजे उनको मृत्यु भएको हो । दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो ।

१० दिनअघि अस्पताल भर्ना भएकी उनलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेरमा सारिएको थियो । ३ दिन अघि मात्रै उनको पेटमा भएको वच्चा पनि मृत अवस्थामा निकालीएको थियो ।

वच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीहरुले बताए । मृतक चौधरीका श्रीमान र ७ वर्षिय एक छोरो छन् । योसहित सप्तकोशी नगरपालिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

प्रतिक्रिया