मटिहानी नगरपालिकाका मेयर मण्डललाई मातृ शोक

गौशाला । मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डललाई मातृशोक परेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर–७ निवासी मण्डलका ९० वर्षिया आमा भुनमा देवी मण्डलको मटिहानी हेल्थ केयरमा उपचारकै क्रममा निधन भएको हो ।

मटिहानी नगरपालिकाका मेयर तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष समेत रहेका मण्डलका आमा भुनमा देवी मण्डल लामो समयदेखि दिर्घ रोगबाट पिडित हुनुहुन्थ्यो ।

स्वर्गीय मण्डलको ३ छोरा र ४ छोरी छिन् । उनको दाहसंस्कार हिन्दु परम्परा अनुसार गरिने परिवार स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया