Friday 20th of September 2024

रेडियो रुपान्तरण ५ औ बर्षमा प्रवेश, सचेत भई कार्यसम्पादन गर्न संचारकर्मीलाई आग्रह ।। (भिडियो)

0 Shares

गौशाला । कोरोना संक्रमणले ग्रसित रहेको समयमा संचारकर्मीहरुलाई विशेष सावधानी अपनाई कार्य सम्पादन गर्नका लागि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रिन्कु गायत्री मिश्रले बताएकी छिन ।

मंगलवार रुपान्तरण मिडिया प्रा. लि. गौशालाले आफनो ५ औ बार्षिकोत्सवको अवसरमा आयोजना गरेको भर्चुअल छलफल कार्यक्रमकाबीच केन्द्रिय सदस्य मिश्रले सकभर टेलिफोन सम्पर्कमै रहि आ आफनो कार्यक्षेत्रमा कार्यसम्पादन गर्नका लागि संचारकर्मीहरुमा अनुरोध गरेकी हुन । त्यस्तै पत्रकार महासंघ प्रदेश नंं २ का सदस्य अजय कुमार साहले यस्तो विषम परिस्थितीमा प्रेस काउन्सिलले जारी गरेको अचारसंहितामा रहि पत्रकारलाई कलम चलाउनका लागि अनुरोध गरेका हुन ।

यस्तो परिस्थितीमा सकभर आमनागरिकको मनोवल बढने किसिमको स्रोत सामग्रीसहितको विषयवस्तु उठान गर्नुपर्नेमा साहले जोड दिनुभयो । सोही अन्र्तक्रियाकावीच प्रदेश सभा सदस्य भरतप्रसाद साहले आफुले जनप्रतिनिधीको हैसियतले यहाँका दलित एवम गरिव समुदायले भोग्दै आएको समस्याहरुको सम्बन्धमा प्रदेशसभामार्फत उठान गरिने प्रयासरत रहेको जनाएको छ ।

जनमानसलाई यस परिवेशमा सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै रामगोपालपुर नगरपालिकाका नगरप्रमुख अशोक कुमार मण्डलले आफुले नगरभरिमा सन्देशमुलक अभियानमार्फत कोरोनासँग जुध्नका लागि सवैमा अनुरोध गर्दै आएको प्रतिक्रिया दिएका छन ।

कार्यक्रमकावीच नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतो र पत्रकार महासंघ धनुषाका सहसचिव गोविन्द महतोले पनि जिल्ला तहमा पत्रकारहरुले यस परिवेशमा समाचार संकलनको क्रममा उठाउनुपरेको जोखिमको सम्बन्धमा चर्चा परिचर्चा गरेका थिए ।

प्रतिक्रिया