महोत्तरीको सोनमाबाट एक बालक बेपत्ता

गौशाला – महोत्तरीको सोनमा गाउँपालिका–४ खेसरहाबाट मङ्गलबार बिहान् ११ बजे देखि एक बालक बेपत्ता भएका छन् । सोनमा गाउँपालिका–१ निवासी सत्रुधन महतोको ६ वर्षीय छोरा युराज महतो९धर्म० मङ्गलबार बिहान बाट बेपत्ता भएको महतोको मामा डा। बिरेन्द्र महतोले जानकारी दिए ।

घरबाटनै बिहान ११ बजे अचानक बेपत्ता भएका थिए, बिरेन्द्रले भने, “उनको चारैतिर खोजी गरिएको छ तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।” युराज बेपत्ता भएकोबारे स्थानीय प्रहरीमा जानकारी गराइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार