Friday 12th of April 2024

बर्दिबासबाट अबैध सालको ४० क्वीफिट काठ बरामद

0 Shares

गौशाला । महोत्तरीको बर्दिबास नगरपालिका–८ हात्तिलेटबाट अबैध सालको ४० क्वीफिट काठ बरामद गरिएको छ ।तस्करलाई भने वन गस्ती टोलीले पक्राउ गर्न सफल भएन ।

सागरनाथ वन विकास परियोजनाको हात्तिलेट युनिटको १० नम्बर पलोटबाट तस्करहरुले कटान गरि दश वटा साइकलमा तस्करी गरि लैजाँदै गरेको १० थान बरामद गरिएको छ ।

डिभिवन वन कार्यालय महोत्तरीको सशस्त्र वन सुरक्षा शाखा माइस्थानका रेन्जर सन्तोष कुमार यादवका अनुसार, मंगलबार राती काठ बरामद गरिएको छ ।वन गस्ती टोलीलाई देखेपछि काठ तस्कर फरार भएका थिए ।

प्रतिक्रिया