Wednesday 15th of January 2025

पूर्व आईजीपी बरालको निधन

0 Shares

काठमाडौं ।  नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक खड्गजीत बरालको निधन भएको छ । बुधबार बिहान महाराजगञ्जस्थित निवासमा उनको निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।

खड्गजीत बरालको ९३ वर्षको उमेरमा निधन भएको हो । बुधवार मध्यान्ह १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एसएसपी कुँवरले बताए । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी म्यानमारका लागि पूर्व राजदूतसमेत हुन् ।

प्रतिक्रिया