Saturday 13th of July 2024

एकै गाउँमा ४६ जनामा कोरोना पुष्टि

0 Shares

गौशालाा । एकै गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ लोटा गाउँमा कोरोना संक्रमितको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी परिक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो ।

त्यसमध्ये मंगलबार आएको रिपोर्टमा ४६ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए ।

संक्रमितहरु मध्ये जटिल देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको बुझिएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य अवस्थाका कोरोना संक्रमितहरु अहिले होम आइसोलेशनमा रहेका छन् ।

संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस गाउँमा खटाएको अधिकृत डङ्गोलले बताए ।

प्रतिक्रिया