हत्या आरोपमा एक जना पक्राउ

बारा । बारा जिल्ला स्थित कलैया उपमहानगरपालिका वडा नम्बर –७ रंगापुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको हत्यामा संलघन रहेको आरोपमा मंगलबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय २५ वर्षीय युवक लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भएको छ । अनुसन्धान प्रक्रियामा रहेकोले हाल नाम बताउन नमिल्ने उनले बताए ।

त्यस्तै दुबै बालकको शव लाई पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार