Thursday 6th of February 2025

नेशनल माईक्रोफाईनेन्स र जिवन विकास लघुवित्तद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्रीे सहयोग

0 Shares

गौशाला । कोरोना महामारीको दोस्रो लहरसंग देश र जनतालाई बचाउन अग्रपंक्तिमा रहेर काम गरिरहेका प्रहरीको हौसल्ला बढाउन र संक्रमणलाई रोकथाम तथा उच्च जोखिमबाट बच्नको लागी इलाका प्रहरी कार्यालय गौशाला लाई स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराइएको छ ।

इलाका प्रहरी कार्यालय गौशालामा कार्यररत प्रहरीलाई स्वास्थ्य सामाग्रीउपलब्ध गराइएको हो ।महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा ५ स्थित रहेको नेशनल माईक्रोफाईनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड गौशाला शाखा र जिवन विकास लघुवित्त संस्था ली।ले बुधवार इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्याँललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

नेशनल माईक्रोफाईनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड अहिले देशभरी रहेको ६५ वटा आफ्नो शाखा कार्यालय र जिवन विकास लघुवित्त संस्था ली।को १३८ वटा शाखा कार्यालय मार्फत स्वास्थ समाग्री दिदै आएकोमा आज गौशाला शाखाले आफ्नो संस्था बाट स्वास्थ्य सामाग्री वितरण गरिएको नेशनल माईक्रोफाईनेन्स वित्तीय संस्थाका शाखा प्रवन्धक रामसुन्दर यादव तथा जिवन विकास लघुवित्त संस्था ली।का शाखा प्रबन्धक सुवेश कुमार दासले जानकारी दिएका छन् ।दुवै संस्थाले सेनिटाइजर ५–५ लि। र नेशनल माईक्रोफाईनेन्स लघुवित्त वित्तीय संस्था माक्स ५०० पी., फेससिल्ड १०पी. त्यसै गरी जिवन विकास लघुवित्त संस्था ली. माक्स ३०० पी., फेससिल्ड २० गरी १५ हजार ५ सय मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका थियो ।

प्रतिक्रिया