0
Shares
महोत्तरी। महोत्तरीको बर्दिबासमा करेन्ट लागेर बुधबार दिउँसो एक जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा नम्वर ५ का २१ वर्षीय कृष्ण घिमिरे रहेका छन् । बर्दिबास नगरपालिका वडा नम्वर ५ ढुङ्ग्रे गढान्ता स्थित अक्वा पानी उद्योगमा काम गरिरहेका बेला अचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका घिमिरेलाई उपचारको लागि शुभ स्वास्तिक अस्पताल बर्दिबास लगिएको थियो ।उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।