
गौशाला । कोरोना महामारीको दोस्रो लहरसंगै जनतालाई बचाउन महामारीको समयमा ईलाका प्रहरी कार्यालय गौशालाले बजार प्रवेशमा थप सर्तकर्ता अपनाउनका लागी सर्वसाधारणमा अनुरोध गरेका छन ।
प्रहरीले अब गौशाला बजारमा प्रवेश गर्नेलाई अनिवार्य रुपमा माक्सको प्रयोग गर्नका लागी आग्रह गरिएको हो प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याँलका अनुसार माक्स प्रयोग नगरेको पाईएमा त्यस्ता व्यक्तिलाई २ घण्टा नियन्त्रणमा लिई जनही एक सय रुपैया जरिवाना तिराउन लगाउने जनाएका छन ।
कोभिडको दोश्रो लहरबाट बचाउन यस्तो निर्देशन जारी गरिएको प्रहरी निरीक्षक बस्याँलले बताएका छन ।
भिडियो सहित: –
प्रतिक्रिया