Thursday 10th of October 2024

जनताको जीवन रक्षा होस् : अभियन्ता महतो

0 Shares

अब अझै ढिला नगरोस चन्द्रनगर गांउपालिका नामक स्थानीय सरकारले । चन्द्रनगर गांउपालिकाले तत्काल अक्सिजन सहितको २० देखि ५० बेडको आइसोलेसन सेन्टर स्थापना गरोस् भने आग्रह छ ।

गांउपालिका भित्र रहेको डाक्टर, प्यारामेडिक्स, नर्सिड। स्टाफ, सहयोगी कार्यकर्ता लगायत सम्पूर्ण स्वास्थ्य सेवा प्रदायकको अधिकतम स्वास्थ्य सुरक्षा सामाग्री सहितको व्यवस्था र वहाहरुको उचित जोखिम भत्ताको व्यवस्था तथा सेवा प्रदान गर्ने बेलामा स्वास्थ्यकर्मीलाई केही अप्रिय घटना भई हालेमा वहाहरुको उचित क्षतिपुर्ति सहितको बिमा गरेर अक्सिजन सहितको आइसोलेसन सेन्टर बिलम्ब नगरी तत्काल शुरु गर्न चन्द्रनगर गांउपालिकाका अध्यक्ष श्री महेन्द्र महतोलाई आग्रह गर्दछौ ।

आफनो जनताको जीवन भन्दा ठुलो केही पनि होइन । त्यसैले यस्तो विषम र बिकराल परिस्थितीमा कमसेकम जिम्मेबार र उत्तरदायी भई दिन आग्रह छ ।

चन्द्रनगर गांउपालिका वडा नम्बर २ को पर्तिबजारमा नवनिर्मित अस्पतालको भवनलाई आइसोलेसन सेन्टरको रुपमा बनाउदा उपयूक्त देखिन्छ । त्यस्तै शुरुवातको लागि चन्द्रनगर गांउपलिका भित्र रहेका नाढीमन ताल र थुप्रै पोखरीहरुमा माछा पालनको लागि राखिएको अक्सिजन सिलिन्डरको प्रयोग र परिचालन गर्न सकिन्छ आइसोलेसन सेन्टरमा । क्रमशः थप अक्सिजन सिलिन्डरको व्यवस्था गर्दै जानु पर्दछ ।

आवश्यकता अनुसार मलगंवा अस्पताल, जनकपुर प्रादेसिक अस्पताल, काठमाडौका अस्पतालहरु सित समन्वय पनि छिटो स्थापना गरि राख्नु पर्छ । सार्थ गांउपालिका भित्र रहेको सरकारी तथा निजी सम्पूण एम्बुलेन्सलाई मर्मत सम्भार गराई तयार अवस्थामा राख्न लगाउनु पनि त्यतिकै आवश्यक छ ।

म एउटा जनस्वास्थ्यकर्मीको हैसियतले यस विषयमा थप प्राविधिक तथा व्यवस्थापकिय सहयोग गर्न हरक्षण तयार छु । र, रहनेछु ।

प्रतिक्रिया