0
Shares
गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा कोरोना महामारीको दोस्रो लहरसंगै जनतालाई बचाउन महामारीको समयमा ईलाका प्रहरी कार्यालय गौशालाले सर्तकर्ता अपनाउनका लागी सर्वसाधारणमा अनुरोध गरे पनि नियमको अवैज्ञया गर्दै विवाहमा गएकोे दुई थान विवाह रथ प्रहरीले नियन्त्रणमा लिएको हो ।
विवाह, ब्रतमन इत्यादीमा भिडभाड गरी सरकारले तोकेको मापदण्ड विरुद्ध गएको जो कोहीलाई पनि कार्वाहीको दायरा ल्याई कानुन बमोजिम कार्वाही गरीने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले बताए ।
बुधबार राति गौशाला नगरपाकिला वडा नं.– ४ मा विवाहमा ठुलो आवाज तथा अश्लील गित र भिडभाड गरी नाचगान गरीरहेको बेला सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट गएका प्रहरी टोलीले दुई थान रथलाई नियन्त्रणमा लिई थप कार्वाही शुरु गरेको बस्यालले जानकारी दिनुभयो ।