छोरीको १३औं जन्म दिनको अवसरमा दाहालले टुहुरी बालिकाको अभिभावकत्व लिए

गौशााला ः महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. –३ कालापानीस्थित सरस्वती मा.वि.का प्रधानाध्यापक नवराज दाहालले आफ्नो छोरीको जन्म दिनको अवसरमा गाउँका एक टुहुरी बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । हेडमास्टर दाहालले आफ्नी छोरी ओजस्वी दाहालको १३औं जन्मदिनको अवसरमा जनता माध्यमिक विद्यालय गौरिडाँडाको कक्षा १ मा अध्ययनरत आरती आले मगरको अभिभावकत्व ग्रहण गरेका हुन् ।

माध्यमिक तहसम्मको पढाईलेखाईका लागि शैक्षिक समाग्री, पाठयपुस्तक, विद्यालय पोसाक, विद्यालय शुःल्क सबै उपलब्ध गराउने हेडमाटर दाहालले प्रतिबद्धता जनाए ।

अभिभावकत्व कार्यक्रममा बर्दिबास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुंगाना, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपकराज बराल, सहायक प्रधानाध्यपाक लिलानाथ गौतम,इन्जिनियर मनोज महतो लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार