Wednesday 29th of May 2024

दिया र रेनुको ‘प्रकाश’ बन्दै प्रदीप खड्का

0 Shares

काठमाडौं ः नेपाली कथानक चलचित्र ‘प्रकाश’ निर्माणको घोषणा गरिएको छ । मंगलबार औपचारिक घोषणा गरिएको यो चलचित्र दिनेश राउतले निर्देशन गर्ने भएका छन् ।

फागुन दोस्रो सातादेखि छायाङ्कनमा जाने चलचित्र ‘प्रकाश’मा अभिनेता प्रदीप खड्का र रेनु योगीले जोडी कलाकारका रुपमा शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् । चलचित्रको घोषणा कार्यक्रममा यी दुवैको उपस्थिति रहेको थियो ।

प्रदीप र रेनुसँगै दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी लगायतका कलाकार चलचित्रको शीर्ष भूमिकामा देखिने छन् । चलचित्रको कथा विकाश सुवेदीले लेखेका हुन् ।

प्रतिक्रिया