महोत्तरी युवा सञ्जालद्धारा घाईते बालकलाई आर्थिक सहयोग

गौशाला । महोत्तरी युवा सञ्जालले घाइते बालकलाई आर्थिक सहयोग गरेको छ ।

करिब दुई महिना अगाडि आएको हुरि बतासले गर्दा बिजुलिको पोल खसेर महोत्तरी जिल्लाको मठिहानी नगरपालिका वडा नं.– १ स्थित धिरापुर बस्ने राजु दासको चार वर्षको छोरा राज दास घाईते भएको थियो ।

बिगत दुई महिना देखि काठमाडौंमा उपचारत रहेका बालकलका परिवारलाई महोत्तरी युवा सञ्जालले रु. १०,०००/– हजार सहयोग गरेको सञ्जालका अध्यक्ष चुडामनी यादवले जानकारी दिए ।

साथै पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकोले पीडित परिवारलाई आर्थिक सहयोग गर्न सञ्जालले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार