Thursday 18th of July 2024

नेपाल सुनचाँदी व्यवसायी संघ गौशालाद्धारा प्रहरीलाई स्वास्थ्य सामाग्रीे सहयोग

0 Shares

गौशाला ः कोरोना महामारीको दोस्रो लहरसंग देश र जनतालाई संक्रमण बाट बचाउनमा खटिएका प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

आफ्नो ज्यान समेत जोखिममा राखेर दिनरात खटिएका प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर ईलाका प्रहरी कार्यालय गौशालामा कार्यररत प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको संघका अध्यक्षे जीतेन्द्र गुप्ताले बताए ।

नेपाल सुनचाँदी व्यवसायी संघ गौशालाले शुक्रबार ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्याँललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

संघले सेनिटाइजर ५ लि., माक्स ५०० पी., लाईफब्बाई साबुन १२ पी. लगाएताका स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका थियो ।

प्रतिक्रिया