Friday 12th of April 2024

महोत्तरीबाट हराएको वालक चारदिनपछि भारतमा भेटियो

0 Shares

गौशाला ः महोत्तरीबाट हराएको वालक चारदिनपछि भारतमा फेला परेका छन ।

प्रहरीले खोजतलाश गर्ने क्रममा भारतको रजवारा भन्ने स्थानमा एक घरमा लुकाईराखेको अवस्थामा वालकलाई फेला पारेको प्रहरीले जनाएको छ ।

फेला परेको वालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याईएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिनुभयो ।

गत मंगलवार सोनमा गाँउपालिका ४ का सत्रुध्न महतोको ६ बर्षिय युवराज महतो घरबाटै हराएको थियो ।

https://rupantaranonline.com/news/4082

महोत्तरीको सोनमाबाट एक बालक बेपत्ता

प्रतिक्रिया