Thursday 10th of October 2024

वडाअध्यक्षको घरबाटै सरकारी मोटरसाईकल चोरी

0 Shares

सर्लाही ः सर्लाहीको धनकौल गाउँपालिकामा एक वडाअध्यक्षको घरबाटै सरकारी मोटरसाईकल चोरी भएको छ  ।

गएको बुधवार राति धनकौल गाउँपालिका वार्ड नं.– ४ को वडाअध्यक्ष भोगेन्द्र राय यादव उर्फ चुनचुन राय यादवको ना.१ ब. ३९०७ नम्बरको मोटरसाईकल घरबाटै चोरी भएको छ ।

वडाअध्यक्षकै घरबाट गाडी चोरी हुनु दुर्भाग्य रहेको बताउदै प्रहरीले आम नागरिकहरुलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको वडाअध्यक्षले जिकिर गरे ।

समयमै गाडी बरामद गरी चोरीमा संलग्न जुनसुकै कानुनको दायराभित्र ल्याई कडा कर्वाहीको माग गरेको वडाअध्यक्ष यादवले बताए ।

चोरी सरकारी मोटरसाईकलको खोजि कार्यलाई तिब्र रुपमा भइ रहेको ईलाका प्रहरी कार्यलय धनकौलले जनाएको छ ।

प्रतिक्रिया