कोरोनाबाट एमालेका नेताको मृत्यु

जनकपुर ः धनुषामा कोरोना संक्रमणबाट नेकपा एमालका प्रभावशाली नेता योगनारायण यादवको मृत्यु भएको छ ।

धनुषाको सबैला नगरपालिका १ मुसहरी टोल निवासी ५२ वर्षीय नेता यादव १४ दिनअघि कोरोना संक्रमित भएका थिए ।

एमालेका केन्द्रिय सदस्य नेता यादवको उपचारको क्रममा काठमाडौं स्थित मेडिसिटी हस्पिटलमा बिहीबार बिहान निधन भएको एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

पछिल्लो समय मृगौला रोगबाटसमेत पीडित नेता यादवलाई संक्रमण पुष्टि भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

उनी २०४६ सालदेखि राजनीतिमा सक्रिय रहेका थिए । यादवको शवलाई काठमाडौंमै व्यवस्थापन गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार