Saturday 5th of October 2024

बजार बन्द भएपछि खेतमै कुहियो ‘तर्बुज’

0 Shares

सर्लाही ः कोरोना महामारीका कारण बजार बन्द भएपछि किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको छ ।

सर्लाहीको बरहथवा नगरपालिका वडा नं.– ७ मा करिब रु १५ लाखको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गरेका छन् ।

गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गरेका थिए । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा लागेपछि किसान मारमा परेका हुन् ।

खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री नभए कुहिने भन्दै जिल्लाका किसान समस्यामा परेका छन् । जिल्लामा कोरोेना सङ्क्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।

प्रतिक्रिया