Thursday 18th of July 2024

मौसम पूर्वानुमानः आज प्रदेश २ सहितका स्थानमा भारी वर्षा हुने

0 Shares

काठमाडौं  । मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम, बागमती, प्रदेश १ तथा प्रदेश २ का केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

आज देशभर बदली रही कर्णाली, बागमती वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानमा वर्षा हुने सम्भावना छ ।

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ-ते (TaukTae) थप कमजोर भइ न्यूनचापीय क्षेत्रका रूपमा रहेको छ । हाल देशभर सामान्य बदली रहेको र केही स्थानमा गएराति वर्षा भएको थियो ।

भोली देशभर बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ ।

आइतबार केही स्थानमा बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया