प्रदेश २ ः जन्ती जाँदै गरेको ट्राक्टर पल्टिदा एक जनाको मृत्यु, ३ जना घाइते

सिरहा ः प्रदेश नम्बर २ सिरहाको पूर्व पश्चिम राजमार्गमा ट्राक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सिरहाको कर्जन्हा नगरपालिका वडा – ४ भूल्के स्थित मंगलबार ना ५ त ७३२० नम्बरको डिजे लोड ट्राक्टर आफै पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता शालिग्राम शर्माले जानकारी दिएको छ ।

सो दुर्घटनामा परि धनगढी नगरपालिका – ६ बस्ने अन्दाजी ४५ वर्षीय धनवीर रामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ३ जना घाइते समेत भएको हो ।

जन्ती बोकेर डिजे लोड ट्राक्टर धनगढी देखि बन्दीपुर गैरहेको प्रबक्ता शर्माले जानकारी दिएको छ ।

शव लाई पोस्मार्टमको लागि लहान अस्पताल लगिएको र घटना बारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको हो ।

प्रतिक्रिया