सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

सप्तरी ः सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर १२ कुशहा स्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई राजविराज स्थित छिन्नमस्ता अस्पताल ल्याईए सम्म बाटोमा नै मृत्यु भईसेको अस्पतालका डाक्टरले पुष्टि गरे । गाउँ नजिकै पोरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस अघि सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका–९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२

वर्षीया रोशनीको डुबेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लले जानकारी दिए ।

प्रतिक्रिया