Thursday 6th of February 2025

दुई दिनको अन्तरालमा महोत्तरीबाट ६ जना लागुऔषध सहित पक्राउ ।।

0 Shares

महोत्तरी / महोत्तरी प्रहरीले दुई दिनको अन्तरालमा विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रवार औरही नगरपालिका ४ कठुधारबाट गौशाला नगरपालिका ४ रजखोरका रविन साह र एक नावालकलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा ज १० प ४९४२ नम्बरको मोटरसाईकलमार्फत गौशालातर्फ आउने क्रममा उनीहरुलाई एक्सिप्लोन १०० एमएल ६९ वोतल, नाईटेभेट टयाव्लेट ४५ पिस, स्मास्मोप्रोक्सि टयाव्लेट २४ क्याप्सुल सुहित नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा सो लागुऔषध मगाउने वर्दिवास नगरपालिका १२ का ३४ बर्षिय रन्जन आलेलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । आलेलाई प्रहरीले गौशाला नगरपालिका ३ ईटाटारबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनुभयो ।

त्यस्तै प्रहरीले विहीबार वर्दिवास नगरपालिका ३ पाटुबाट लागुऔषध खरिदविक्री कार्यमा संलग्न रहेको गोप्य सुचनाको आधारमा वर्दिवास नगरपालिका १४ का २८ बर्षिय ईन्द्रजीत साह सोनार, सिन्धुली कमलामाई ६ का २४ बर्षिय रोशन थापा र रोहित थापालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरीले वा ८२ प ५११८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट स्पास्मो प्रोक्सीन प्लस ४० पिस र कोडियन फोसफेट सिरप २५ थान नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको ६ जनालाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा राखिएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया