पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना काेराेना संक्रमित निको भए

काठमाडाैं : नेपालमा पछिल्लो २४ घण्टामा थप साढे ७ हजार जना कोरोना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ७ हजार ८९० जना काेराेना संक्रमणमुक्त भएका हुन्।

याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे संख्या ३ लाख ७४ हजार ८३६ पुगेकाे छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया